![](https://internal.appharu.com/wp-content/uploads/2023/03/NMB-Bank1.jpg)
काठमाडौं । एनएमबि बैंकले ब्याजदर घटाएको छ । बैंकले आजदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ९ प्रतिशत र संस्थागतमा ७ प्रतिशत ब्याज दिने जनाएको छ । बैकले यसअघि व्यक्तिगत मुद्दति निक्षेपमा ९.५० प्रतिशत ब्याज तोकेको थियो ।
बैंकले बचतमा ४.६ देखि ६.६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । यसअघि एनआईसी एसिया र कुमारी बैंकले ब्याजदर घटाइसकेका छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/12/NMB.jpg)
SHARE YOUR THOUGHTS