बैंक तथा वित्तीय संस्थाको निक्षेप पहिलोपटक ६० खर्ब नाघ्यो « Eglish Khabarhub

बैंक तथा वित्तीय संस्थाको निक्षेप पहिलोपटक ६० खर्ब नाघ्यो



काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप पहिलोपटक ६० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूमा गरेर बिहीबारसम्ममा ६० खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले बिहीबारसम्ममा ४९ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

वाणिज्य बैंकहरुमा मात्रै ५३ खर्ब १३ अर्ब निक्षेप संकलन भएको छ । यो निक्षेपबाट वाणिज्य बैंकहरुले ४४ खर्ब १७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । अरु बैंक तथा वित्तीय संस्थामा भने गत बिहीबारसम्ममा ६ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन हुँदा ५ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।

तथ्यांकअनुसार बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो ८०.३६ प्रतिशत कायम भएको छ । बैंकहरुमा अहिले पर्याप्त तरलता भएकाले अन्तरबैंक ब्याजदर पनि २.६२ प्रतिशतमा सीमित छ ।

Publish on: