![](https://internal.appharu.com/wp-content/uploads/2019/07/mahalaxmi-sano-bhrayang.jpg)
काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने भएको छ ।
बैंकले गत आर्थिक वर्ष२०७९/८० को नाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
मंगलबार बसेको बैंक सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित ६.४०% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
२०८० असार मसान्तमा कायम रहेको चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६०० को ६.४० प्रतिशतले हुन आउने २६ करोड ६९ लाख ६४ हजार लाभांश वितरण गर्ने निर्णय भएको बैंकले जनाएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र महालक्ष्मीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
SHARE YOUR THOUGHTS