काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमको जहाज घाटामा गएकाले बेच्न दिइनु पर्ने बताएका छन् ।
बिहीबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायु सेवा निगम सम्बद्ध समसामयिक विषयहरु र निगमको सुधारसहितको भावि कार्ययोजना बारेको छलफलमा मन्त्री किराँतीले संसदीय समितिले विमान के गर्ने भनेर भन्नुपर्ने बताए ।
‘उनले चिनियाँ जहाज घाममा सुकाउँ कि सुप बनाएर खाउँ?’ संसदीय समितिको बैठकमा मन्त्री किराँतीले भने, ‘के गर्ने हो संसदीय समितिले भनिदिनु पर्यो ।’
चिनियाँ जहाज घाटामा गएकाले बेच्न खोज्दा किन बच्ने भन्ने प्रश्न उठ्ने गरेको भन्दै उनले समितिले यसबारे स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।
निगमले पाँचवटा जहाज बेच्नका लागि फेरि टेन्डर आह्वान गरेको छ । मन्त्री किराँतीले जहाजका विषयमा छानबिन समिति बनाउनु पर्ने र त्यसो गरिए टेन्डर फिर्ता लिने बताए ।
SHARE YOUR THOUGHTS