मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुक्तिनाथ विकास बैंकद्वारा लाभांश घोषणा, सेयरधनीले कति पाउछन् ?


काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको सञ्चालक समिति बैठकले लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।