टीओडी मिटरबिना पैसा मागेर प्राधिकरणले अत्याचार गर्‍यो: न्यौपाने « Eglish Khabarhub

टीओडी मिटरबिना पैसा मागेर प्राधिकरणले अत्याचार गर्‍यो: न्यौपाने



काठमाडौं । उद्योगी विष्णुप्रसाद न्यौपानेले उद्योगीहरुले प्रयोग गरेको प्रमाण (टीओडी मिटर)बिना पैसा मागेर प्राधिकरणले अत्याचार गरेको बताएका छन् ।

‘प्राधिकरणले टीओडी मिटर नदिने अनि लोडसेडिङमुक्त भएपछि कसरी बढी शुल्क लाग्छ ?’ नेपाल उद्योग परिसंघले सोमबार आयोजना गरेको डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी शुल्क सम्बन्धी पत्रकार सम्मेलनमा व्यावसायिक घराना सौरभ समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक न्यौपानेले प्रश्न गरे, ‘उनले भने टीओडी मिटरबिना हामीले के आधारमा पैसा तिर्ने ?’

प्राधिकरणले आफैं बिजुली दिन सक्दैनौं भनेर सूचना जारी गरेपछिको समयको पनि पैसा माग्नु गलत भएको उनले बताए । ‘नाफा देखाइसकेकाले फर्जी बिलको पैसा मिलाउन नमिलेको हो ?’ उनले प्रश्न गरे ।

Publish on: