![](https://internal.appharu.com/wp-content/uploads/2023/12/dolakha-768x576.jpg)
काठमाडौं । दोलखाको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यका साथ उद्योग वाणिज्य संघको आयोजनामा पुस १३ देखि २२ गते सम्म १० दिन ‘बृहतदोलखा महोत्सव–२०८०’ आयोजना हुने भएको छ ।
महोत्सवले दोलखा जिल्लालाई पर्यटन, कृषि, अन्नबाली र जलस्रोतमा अब्बल जिल्लाका रुपमा उभ्याउन आर्थिक विकासमा फड्को मार्ने खुड्कीलो बन्ने अपेक्षा रहेको संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठले बताए ।
महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्रीवितरण तथा प्रवद्र्र्धन गर्न १५० वटा स्टल राखिनेछ । स्टलहरूमा दोलखाका सबै स्थानीय तहहरू, सरकारी निकाय, निजी क्षेत्र, कृषक, विभिन्न समूह, सङ्घ संस्था, उद्योगी व्यवसायीका उत्पादन, सामग्रीलगायत प्रदर्शनीका लागि राखिनेछ साथै विभिन्न खानाका परिकारहरू स्टलमै उपलब्ध हुनेछ ।
उद्घाटन समारोहमा दोलखा जिल्लाका विभिन्न जातजाति, भाषाभाषीका कला संस्कृति समेटिएको प्रस्तुति, झाँकीसहितका ¥यालीले बजारका विभिन्न भागको परिक्रमा गरेर भीमेश्वर रंगशालामा पुगेपछि उद्घाटन समारोह शुरु गरिनेछ ।
महोत्सवमा आउने पर्यटकको स्वागत गर्नका लागि चरिकोट बजार क्षेत्रमा ‘स्ट्रिट फुड फेस्टिभल’ आयोजना गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष श्रेष्ठका अनुसार महोत्सवमा तीन लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने पाँच करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।
महोत्सवमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्य, वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकाल, एशोसियटतर्फका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक केसीलगायत लगायतको उपस्थित हुने बताइएको छ ।
SHARE YOUR THOUGHTS