कुलमानले उद्योगीमाथि अपराध गरेः पवन गोल्यान « Eglish Khabarhub

कुलमानले उद्योगीमाथि अपराध गरेः पवन गोल्यान


१२ पुस २०८०, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । गोल्यान ग्रुपका अध्यक्ष एवं उद्योगी पवन गोल्यानले नेपाल विद्युत प्राधिकरणले हचुवामा बिजुली काटेर उद्योगीमाथि अपराध गरेको बताएका छन् । उपभोग नै नगरेको समयको बिजुलीको फर्जी बिल देखाउँदै उद्योगको बत्ती काटेर प्राधिकरणले उद्योगीमाथि अपराध गरेको उनको आरोप छ ।

गोल्यानले नेपाल विद्युत प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सको बत्ती किन काटेको भन्ने आफूले बुझ्न नसकेको बताएका छन् । प्राधिकरणलाई नियमित बिजुलीको बिल भुक्तान गरे पनि बिना कुनै आधार रिलायन्सको बत्ती काटेको उनको आरोप छ ।

‘२०७२ फागुनसम्म हाम्रो उद्योग नियमित लोडसेडिङमा बसेको छ, २०७२ फागुन ११ गते प्राधिकरणले नै सूचना निकालेर डेडिकेटेड फिडरमार्फत विद्युत आपूर्ति दिने कार्य स्थगित गरेको छ,’ क्लिकमान्डुसँग उनले भने, ‘त्यसपछि अर्को सूचना कहिल्यै आएको छैन, २०७५ साल माघदेखि बिजुलीको बिल तिर्नु भनेर ताकेता भइरहेको छ । अहिले आएर त लाइन नै काटियो।’

प्राधिकरणको सञ्चालक समितिको २०७२ असार १२ गते बसेको ७१०औं बैठकले पनि ‘टीओडी डाटा डाउनलोड गरी २४ घण्टा विद्युत आपूर्ति भएको अवस्था रहेमा सोही अनुसारको ट्यारिफ (शुल्क) लगाई बिलिङ गर्न’ मातहतका क्षेत्रीय कार्यालयलाई निर्देशन दिएको छ ।

‘तर मैले हरेक दिन ७ देखि १०-१२ घण्टासम्म लोडसेडिङमा बसेर उद्योग सञ्चालन गरिरहेको थिएँ,’ गोल्यानले भने, ‘नेपाल विद्युत प्राधिकरणले पटक-पटक रिलायन्सको नामै उल्लेख गरेर लोडसेडिङ परिवर्तनसम्बन्धी सूचना निकालेको छ, यो भन्दा बढी प्रमाण म के दिऊँ ?’

विद्युत प्राधिकरणका तत्कालीन सञ्चालक भक्तबहादुर पुन संयोजकत्वको अध्ययन समितिले बुझाएको प्रतिवेदनमा पनि रिलायन्सको नाम कतै उल्लेख नभएको उनको दाबी छ । ‘सञ्चालक समितिले गरेको अध्ययन प्रतिवेदनलाई त प्राधिकरणले मान्नुपर्छ होला नि !’ गोल्यानले भने, ‘प्राधिकरणले त्यसलाई पनि नमान्ने हो भने टीओडी मिटरको तथ्यांक उपलब्ध गराउनुपर्छ । हामी पैसा तिर्न तयार छौं ।’

टीओडी मिटर जडान गर्दा प्राधिकरणले तीन खालको शुल्क निर्धारण गरेको उनले बताए । बिहान ६ देखि १० र साँझ ६ देखि १० बजेसम्मको पिक आवरलाई एउटा शुल्क, दिउँसो १० देखि ६ बजेसम्मलाई अर्को शुल्क र राति १० बजेदेखि बिहान ६ बजेसम्मका लागि अर्कै शुल्क लिने गरी प्राधिकरणले सूचना जारी गरेको जानकारी उनले दिए ।

‘यसअनुसारको टीओडी मिटरको तथ्यांकसहित प्राधिकरणले बिल काट्ने हो भने उद्योगी तिर्दिन भन्नै सक्दैनन्, तिर्दिन भन्न मिल्दैन पनि,’ उनले भने, ‘तर प्राधिकरणसँग कुनै आधार नै छैन, फर्जी बिल काटेर पैसा उठाउन न मिल्दैन नि !’

डेडिकेटेड फिडर भन्नुको मतलब ६५ प्रतिशत बढी तिर्नु भन्ने नभएको उनको तर्क छ । लोडसेडिङ तालिकामा बसिसकेपछि ६५ प्रतिशतको कुरै नहुने र रिलायन्स हरेक दिन लोडसेडिङमा बसेको तथ्य उनले क्लिकमान्डुलाई उपलब्ध गराएका छन् ।

‘सबै आधार हुँदाहुँदै हाम्रो बत्ती काट्ने, मानमर्दन हुने काम गर्ने, उद्योगको उत्पादन प्रभावित हुने काम गर्ने र करिब ५ हजार मजदुरलाई बिचल्ली बनाउने काम भएको छ,’ गोल्यानले भने, ‘यो एकदमै निन्दनीय छ ।’

हचुवामा बत्ती काटेर प्राधिकरणले उद्योगीमाथि अपराध गरिरहेको उनको आरोप छ । ‘यो त उद्योगीमाथि अपराध भइरहेको छ,’ उनले भने ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार ००:००  १ : १८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping