रियल इस्टेट मेला: देशभरका जग्गासँग काठमाडौंमा घरजग्गा साट्न सकिनेदेखि ४०% सम्म छुट « Eglish Khabarhub

रियल इस्टेट मेला: देशभरका जग्गासँग काठमाडौंमा घरजग्गा साट्न सकिनेदेखि ४०% सम्म छुट


१३ पुस २०८०, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा रियल इस्टेट मेला सञ्चालन भइरहेको छ । नेपाल जग्गा आवास तथा आवास विकास संघले आयोजना गरेको मेला आगामी पुस १५ गतेसम्म सञ्चालन हुनेछ ।

मेलामा ६० वटाभन्दा धेरै स्टलहरु छन् । मेलामा देशभरका घरजग्गा व्यवसायीहरुले आफ्नो प्रोपर्टी बिक्री गर्नका लागि विभिन्न अफरसहित सहभागी भएका छन् ।

रियल इस्टेट मेलामा आकर्षक अफरहरु सार्वजनिक गरी ग्राहकहरुलाई आकर्षण गरिरहेका छन् । कम्पनीले करोडौं लगानीको प्रोपर्टीमा किस्ताबन्दीको सुविधा, देशभरका जुनसुकै ठाउँको जग्गासँग घर साट्ने सकिने र भारी छुटको अफर सार्वजनिक गरेको छ ।

नयाँ नेपाल निर्माणको लागि वैज्ञानिक, व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा शहरीकरणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका व्यवसायीहरु र यसका उपभोक्ताहरुलाई एकै थलोमा भेला गराई व्यवसायीहरुले आफ्नो नवीनतम् उत्पादन उपभोक्तामाझ पुर्‍याउने तथा उपभोक्ताहरुले नेपाली रियल इस्टेट व्यवसायको यथार्थ तथा वास्तविक स्थिति, सही छनोट र समुचित मूल्यका बारेमा समेत यस मेलाबाट जानकारी लिन सक्नेछन् ।

यस मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरु सहभागी छन् ।

मेलामा विद्युतीय सरसामानहरु, फर्निचर, पाइप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधन, सजिसजावटका सामान र बीमा, बैंकिङ्ग तथा वास्तुकला जस्ता व्यवसायमा संलग्न व्यवसायीहरुले आ–आफ्ना उत्पादनहरु प्रदर्शन गरी सो सम्बन्धी परामर्श सेवा समेत उपलब्ध छन् ।

सेवाग्राहीको ईच्छा एवं छनोटको आधारमा समुचित मूल्यमा घरजग्गा उपलब्ध हुने गरी कारोबारलाई सरल, सुलभ तथा व्यवस्थित बनाउन यो मेला निकै उपयोगी व्यवसागीहरुको भनाइ छ । मेलाबाट २ अर्ब ५० करोड रूपैयाँको कारोबार हुने अपेक्षा गरेको छ ।

मेलामा कम्तीमा ६० हजार भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । अवलोकनका लागि निः शुल्क पासको व्यवस्थापन गरिएको छ ।

कुन कम्पनीको अफर कस्तो ?

डाउनटाउन हाउजिङको घरहरु किस्ताबन्दीमा किन्न सकिने

नेपाल जग्गा तथा आवास विकास महासंघका पूर्वअध्यक्ष मिनमान श्रेष्ठको डाउनटाउन हाउजिङले धापाखेलमा निर्माण गरिरहेको डाउनटाउन रेसिडेन्सी खरिदमा किस्ताबन्दीको सुविधा ल्याएको छ ।

कम्पनीले ४० प्रतिशत डाउन पेमेन्ट गरिसकेपछि ६० प्रतिशत रकम ३६ महिनाको किस्ताबन्दीको सुविधा ल्याएको छ । कम्पनीका अध्यक्ष मीनमान श्रेष्ठले नेपालमा पहिलोपटक घर खरिदमा किस्ताबन्दीको सुविधा ल्याएको बताए । उनकाअनुसार कम्पनीले ग्राहकको आवश्यकताअनुसार किस्ताको सुविधा दिई सहज बनाएको हो ।

अर्थतन्त्रमा देखिएको समस्याका कारण घरजग्गा खरिदमा निकै समस्या भइरहेको छ । उक्त व्यवस्थाले ग्राहकले सहज बनाउने कम्पनीको दाबी छ । कम्पनीले धापाखेलमा १०२ रोपनीमा २ सय बढी हाउजिङ बनाउने लक्ष्य लिएको छ । साथै, कम्पनीले मेलामा जग्गा खरिद गर्न चाहने ग्राहकहरुलाई प्रतिआना जग्गामा २२ प्रतिशत छुटको व्यवस्था गरेको छ।

नेपाल रियल इस्टेट म्यानेजमेन्टको अफरः देशभरको जुनसुकै जग्गासँग घर साट्न सकिने

घरजग्गा व्यवसायी दिपक मल्होत्राको नेपाल रियल इस्टेट म्यानेजमेन्टले देशभरका जुनसुकै घरजग्गासँग उपत्यकामा घरजग्गा साट्न सकिने व्यवस्था गरेको छ । कम्पनीले मेलामा पोपर्टी एक्स्चेन्ज अफर सार्वजनिक गरेको हो ।

घरजग्गा खरिद गर्ने इच्छुक ग्राहकहरुले देशभर जुनसुकै स्थानमा रहेको घरजग्गा बिक्री गरी कम्पनीले ललितपुरको भैसेपाटी र भक्तपुरको चाँगुनारायणमा रहेको घरजग्गा खरिद गर्न सक्नेछन् । कम्पनीले भैंसेपाटीमा २० रोपनी क्षेत्रफलमा ५५ वटा हाउजिङ निर्माण गर्न सक्ने गरी जग्गाको विकास गरेको छ । उक्त क्षेत्रमा ४.५ आनादेखि १ रोपनीसम्म जग्गा खरिद गर्न सकिने छ ।

ग्राहकहरुले मेला अवलोकन गरी ९९ हजार रुपैयाँ दिएर बुकिङ गर्न सक्ने कम्पनीका बजार व्यवस्थापक कुशल पौडेलले बताए । उनकाअनुसार बुकिङ गरेको जग्गा ग्राहकलाई पछि मन नपरेको अवस्थामा कम्पनीले एक लाख रुपैयाँ फिर्ता दिनेछ । साथै, कम्पनीले मेलामा ५० लाख रुपैयाँसम्मको छुटको अफर सार्वजनिक गरेको छ ।

त्यसैगरी, कम्पनीले भक्तपुरमा रहेको ४९ रोपनीमा १४२ वटा जग्गाको विकास गरेको छ । कम्पनीले उक्त क्षेत्रमा ५५ वटा घरहरु निर्माण गर्नेछ । कम्पनीले उक्त प्रोपर्टी खरिदमा एक्सचेन्ज अफरसहित ३० लाख रुपैयाँसम्म छुटको व्यवस्था गरेको छ ।

भूमि डेभलपर्सले घर खरिदमा १० प्रतिशत छुट दिने

भूमि डेभलपर्स प्रालिले गोदावरी निर्माण भइरहेको हाउजिङको खरिदमा १० प्रतिशतसम्म छुट सुविधा अफर सार्वजनिक गरेको छ । कम्पनीले मेलामा सहभागी हुँदै घर खरिदमा छुट सुविधा ल्याएको जनाएको छ ।

कम्पनीले गोदावरीमा ४० रोपनीको क्षेत्रफलमा ७२ वटा घर निर्माण गर्नेछ । हालसम्ममा कम्पनीले निर्माण गरिरहेको हाउजिङमध्ये २० वटा बिक्री भइसकेको कम्पनीका अध्यक्ष विजय अग्रवाल बताउँछन् । त्यस्तै, कम्पनीले मेलामा बुकिङ गर्न इच्छुक ग्राहकलाई १० प्रतिशत छुटको सुविधा ल्याएको हो ।

उनकाअनुसार कम्पनीले प्रति घरको मूल्य न्यूनतम ३ करोड ९० लाख रुपैयाँदेखि ६ करोड ५६ लाख रुपैयाँ मूल्य तोकेको छ । त्यसमा हालसम्म ४,५ वटा घरहरु बिक्री भइसकेको छ । कम्पनीले तीन प्रकारका घर बनाउनेछ ।

पद्म रेसिडेन्सीले ७ प्रतिशतसम्म छुट दिने

पद्म रेसिडेन्सीले रामकोटमा निर्माण गरिरहेको रामकोट र ठूलो भर्‍याङमा निर्माण भइरहेको अपार्टमेन्ट र हाउजिङमा छुट सुविधा ल्याएको छ । कम्पनीले मेलामा उक्त अपार्टमेन्ट र हाउजिङमा ७ प्रतिशतसम्म छुट दिने अफर सार्वजनिक गरेको हो ।

कम्पनीले तेस्रो र चौथो चरणमा निर्माण गरेको हाउजिङमध्ये २०/२० वटा बिक्री हुन बाँकी रहेको जनाएको छ । त्यसैगरी, कम्पनीले निर्माण गरिरहेको अपार्टमेन्टको मूल्य ६० लाख रुपैयाँदेखि १ करोड १५ लाख रुपैयाँसम्म तोकेको छ ।

कम्पनीले पाँचौ चरणमा रामकोटमा ४९ रोपनीमा २३ वटा हाउजिङ र ९२४ वटा युनिटको अपार्टमेन्ट निर्माण गर्नेछ । त्यस्तै, कम्पनीले ठूलो भर्‍याङमा ५ रोपनी ९ आनामा १३४ वटा युनिट अपार्टमेन्ट निर्माण गर्नेछ । उक्त अपार्टमेन्ट १० तल्लाको हुनेछ । कम्पनीले ५९१ स्क्वायरफिटदेखि १२२२ स्क्वायरफिटसम्मको अपार्टमेन्ट निर्माण गर्नेछ । कम्पनीले प्रति स्क्वायरफिटको मूल्य २१ हजार ५ सय रुपैयाँ तोकेको छ ।

मनमैजु रेसिडेन्सीको ४० प्रतिशतसम्म छुट

मनमैजु रेसिडेन्सीले भारी छुट सुविधाको अफर ल्याएको छ । कम्पनीले हाउजिङ खरिदमा ३० प्रतिशतदेखि ४० प्रतिशतसम्म छुटको सुविधा ल्याएको छ ।

कम्पनीले सुविधासम्पन्न रेसिडेन्सीमा भारी छुट अफरसहित ग्राहकलाई आकर्षित गरेको छ । कम्पनीले १८ रोपनी क्षेत्रफलमा ३५ वटा घर निर्माण गर्नेछ । कम्पनीले ५ प्रकारका घर निर्माण गर्ने जनाएको छ ।

सिद्धार्थ हाउजिङ डेभलपर्सले घर खरिदमा १५ प्रतिशत छुट

सिद्धार्थ हाउजिङ एण्ड डेभलपर्सले घर खरिदमा १५ लाख रुपैयाँसम्म छुटको सुविधा ल्याएको छ । कम्पनीले चोभारमा निर्माण भइरहेको जलविनायक कोलोनीमा घर खरिदमा १५ प्रतिशत र जग्गा खरिदमा ११ लाख रुपैयाँ छुटको सुविधा ल्याएको छ । कम्पनीले चोभारमा ४७ रोपनी क्षेत्रफलमा जलविनायक कोलोनी विस्तार गरिरहेको छ । कम्पनीले कोलोनी निर्माणका साथै जग्गा बिक्री गरिरहेको छ ।

कम्पनीले हालसम्ममा २४ वटा घरहरु निर्माण गरिसकेको छ । उक्त घरहरु ४ आनादेखि ६ आनासम्म निर्माण भएको छ । कम्पनीले चोभारमा पाँच प्रकारका घर निर्माण गरेका छ । कम्पनीले टाइप ए, बी, सी, डी र ई प्रकारका घरहरु निर्माण गरेको हो । त्यसैगरी, अन्य विभिन्न कम्पनीहरुले पनि ग्राहकहरुका लागि आकर्षक छुटको व्यवस्था गरेको छ ।

हेटौंडामा चार डेभलपर्सले प्लटिङ गरेको जग्गामा १५ प्रतिशत छुट

उपत्यकाबाहिर हटौंडामा चार डेभलपर्सले प्लटिङ गरेको जग्गामा १५ प्रतिशत छुटको व्यवस्था गरेको छ । रोहिनी हाउजिङ एण्ड सप्लायर्स प्रालि, स्वस्तिक डेभलपर्स एण्ड हाउजिङ प्रालि, शिवबाबा प्रोपर्टी डिलर्स प्रालि र बरदान हाउजिङ एण्ड रियल स्टेट प्रालिले हेटौंडामा ७० बिगाहा क्षेत्रफलमा फैलिएको २५ सय घडेरीमा १५ प्रतिशतको छुट सुविधा ल्याएको हो ।

नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव ध्रुव घिमिरेसहित अन्य पाँच जनाको लगानीमा रहेको उक्त प्रोपर्टी मापदण्डअनुसार प्लटिङ भएको जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार ००:००  २ : ४९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping