व्यवस्थापकले बचतकर्ताको विश्वास दुरुपयोग गरे, सहकारी बद्नाम भयोः अर्थमन्त्री डा. महत « Eglish Khabarhub

व्यवस्थापकले बचतकर्ताको विश्वास दुरुपयोग गरे, सहकारी बद्नाम भयोः अर्थमन्त्री डा. महत


१५ पुस २०८०, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय ठूलो सहकारीमा व्यवस्थापक कहाँ छ थाहा नहुने तर बचतकर्ता देशैभरि हुँदा समस्या बढ्दै गएको बताए ।

अहिले व्यवस्थापकले सहकारीको बचतकर्ताको विश्वास दुरुपयोग गर्दा सहकारी संस्थमा निकै विकृती बढेको उनको भनाइ छ । उनले भने,‘पछिल्लो समय सहकारी बद्नाम भयो । कतिपय सहकारीले ठूलो आकार लियो, ठूलो सहकारीमा व्यवस्थापक कहाँ छ थाहा हुँदैन, बचतकर्ता देशैभरि छन् । व्यवस्थापकले बचतकर्ताको विश्वास दुरुपयोग गरे ।’

साना किसान सहकारी स्थानीय तहमा केन्द्रित रहेको उनको भनाइ छ । ‘आफै मिलेर बचतलाई संरक्षण गर्छ त्यसलाई नेतृत्व चुनिन्छ, जिम्मेवारी पाउँछ, जसले गर्दा यसको दुरुपयोग हुन पाउँदैन, मन्त्री डा. महतले भने ।

महिलाको हातमा रहेको सहकारीको भविष्य उज्जल रहेको बताएका छन् । नुवाकोट पञ्चकन्या–४ स्थित थप्रेक पञ्चकन्या महिला साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभामा मन्त्री डा. महतले भने, महिलाहरु पुरुषको तुलनामा काममा बढी समर्पित हुन्छन् । पुरुषहरु एउटा जिम्मेवारीमा केन्द्रित हुन सक्दैनन् । महिला दिदीबहिनीको हातमा कुनै जिम्मेवारी पर्यो भने, त्यसलाई गम्भीर रुपमा लिनुहुन्छ, परिणाम ल्याउन रातदिन काम गर्नुहुन्छ ।’

उक्त सहकारी संस्था ४ वर्ष अगाडि स्थानीय महिला मिलेर निर्माण गरेका हुन् । साना तिना आवश्यकता पूर्ति गर्न र आम्दानी बचत गर्न सहकारी स्थापना गरिएको हो । सहकारीमा बचत भएको रकम जसलाई आवश्यकता पर्छ, उसले प्राप्त गर्छन् । सरकारले यसमा सहयोग पनि गरिरहेको कार्यक्रममा अर्थमन्त्री डा. महतले बताए ।

युवाहरु विदेशिएका छन्, सहर पसेका छन् । घर सञ्चालनको जिम्मेवारी महिला दिदीबहिनीमा आएको छ । घरभित्र मात्र होइन, घर बाहिरको जिम्मेवारी पनि महिलाको हातमा आएका मन्त्री डा महतले बताए ।, ‘महिला दिदीबहिनी समाजको हत्वपूर्ण अंग बनेको स्मरण गर्नुहुँदै मन्त्री डा महतले भने, ‘महिलाहरु घर बाहिर उत्पादन र व्यवसायमा लागिरहेका छन् । अब हामीले महिला उद्यमशीलतामा ज्यादा जोड दिनुपर्छ ।’

गाउँघरको विकास अब महिला दिदीबहिनीको नेतृत्वमा अगाडि बढ्छ । जति पनि विकास निर्माणको काममा महिलाको चासो र चिन्ता बढेको छ मन्त्री डा। महतले बताए ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार ००:००  १२ : ०८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping