दिव्य शान्ति सहकारीका अध्यक्षसहितले ठगे ३ करोड ३५ लाखः श्रीमती प्रबन्धक, साली व्यवस्थापक « Eglish Khabarhub

दिव्य शान्ति सहकारीका अध्यक्षसहितले ठगे ३ करोड ३५ लाखः श्रीमती प्रबन्धक, साली व्यवस्थापक


१५ पुस २०८०, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । दिव्य शान्ति बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको ३ करोड ३५ लाख ७७ हजार ७८३ रुपैयाँ ठगि भएको छ ।

५० बचतकर्ताको उक्त रकम सहकारीका अध्यक्ष लगायत सञ्चालकले ठगेर फरार भएको भन्दै बचतकर्ता अदालत पुगेका छन् । उक्त सहकारी पारिवारिक रुपमा चलेको देखिएको छ ।

सहकारी परिवार भित्रका सदस्यले चलाउने र बचतकर्ताबाट संकलन गरेको पैसा सहकारीका अध्यक्ष लगायत सञ्चालकले मनोमानी ढंगले अपचलन गर्ने गरेको पाइएको हो ।

सहकारीका अध्यक्ष कृष्ण महर्जन, उपाध्यक्ष अशोक महर्जन, कोषाध्यक्ष सुनिल महर्जन, सचिव रेखा महर्जन, सदस्य सिरु श्रेष्ठ, सदस्य दिव्यश्वरी महर्जन र सहकारीको व्यवस्थाक अञ्जला महर्जन रहेका छन् ।

काठमाडौं महानगरपालिका–१८ नरदेवीमा रहेको उक्त सहकारीले बचतकर्ताले रकम माग्न पटक पटक जाँदा तिर्न आलटाल गरेको पीडितको भनाइ छ ।

उक्त सहकारी संस्थाका अध्यक्ष कृष्ण महर्जनले आफुखुसी सञ्चालन गर्दा बन्द भएको बताइएको छ ।

सहकारीकी सचिव रेखा महर्जनका अनुसार संस्थाको सम्पूर्ण ब्यबस्थापन लेखा हिसाब तथा लेखा समितिको कार्यहरु अध्यक्ष महर्जनले श्रीमती अञ्जला महर्जन र साली अञ्जली महर्जनले गर्ने गरेका थिए ।

अध्यक्ष महर्जनले साली अञ्जलीलाई लेखापालको रुपमा समेत नियुक्ति गराएका र सम्पूर्ण जिम्मेवारी दिइएको सचिव महर्जनको भनाइ छ । कृष्ण महर्जन सहकारीमा सुरुदेखि नै अध्यक्ष थिए ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार ००:००  ३ : १५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping