उद्योगमा बिजुली काटिएको बिरोधमा कोशी प्रदेशका तीन संस्थाको आपत्ति « Eglish Khabarhub

उद्योगमा बिजुली काटिएको बिरोधमा कोशी प्रदेशका तीन संस्थाको आपत्ति



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेडेट र ट्रंकलाइनको विवादमा उद्योगको बिजुली काटेको घटनाप्रति कोशी प्रदेशका तीन संस्थाले संयुक्त रुपमा आपत्ति जनाएका छन् ।

कोशी प्रदेशस्थित उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा बिहीबार विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति आपत्ति जनाएका हुन् ।

उद्योगहरुको उत्पादन नै ठप्प हुने गरी विद्युत लाइन काटिएको सवालमा उनीहरुले आपत्ति जनाउँदै गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘उद्योगको विद्युत आपूर्ति काटिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तामा कस्तो सन्देश जाला ? उत्पादन ठप्प हुँदा रोजगारी, राजस्व तथा बैंक व्याज भुक्तानी, बजार श्रृखलालगायतको क्षेत्रमा पर्ने प्रभावको जिम्मेवारी कसले लिने ?,’ विज्ञप्तिमा भनिएको छ।

विद्युत कटौतीपछि औद्योगिक कलकारखाना बन्द भएर उत्पादन प्रभावित भएकाले गम्भीरतालाई आत्मसात गरि न्यायोचित रुपमा समस्या समाधानका लागि आवश्यक पहल गरिदिन तीनवटै संस्थाले सरकारसँग आग्रह गरेका छन् ।।

‘डेडिकेटेड र ट्रंकलाईन विद्युत महशुलका सम्बन्धमा लामो समयदेखि नेपाल विद्युत प्राधिकरण र उद्योगीहरु बीच रस्साकस्सी र अडानका कारण पेचिलो बनेकाले यो बिषयलाई न्यायोचित समाधान खोजिनु पर्दछ भन्ने हाम्रो माग छ,’ बिज्ञप्तीमा भनिएको छ।

Publish on: