![](https://internal.appharu.com/wp-content/uploads/2024/01/modi.png)
काठमाडौं । भारत अध्योध्यास्थित श्रीराम मन्दिरको प्राणप्रतिष्ठा नेपालका पूजारीले गराउने भएका छन् ।
अयोध्यामा श्रीराम जन्मभूमि मन्दिरमा हुने भगवान रामको मूर्ति प्राणप्रतिष्ठा समारोहको वैदिक रीति रिवाजले विशेष पूजा यही १६ जनवरीदेखि प्रारम्भ हुँदैछ जुन 22 जनवरीको प्राणप्रतिष्ठासम्म चल्ने छ ।
यस प्राणप्रतिष्ठाको लागि गरिने विशेष पूजाको निम्ति नेपालबाट एक जना विशेष पूजारीलाई आमन्त्रित गरिएको छ। श्रीराम जन्मभूमि मन्दिरको शिलान्यासको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई वैदिक मन्त्रोच्चारसहित शिलान्यास गराउने नेपाली मूलका पूजारी आचार्य दुर्गा प्रसाद गौतमलाई पुन: विशेष पूजाको लागि निम्तो गरिएको छ ।
श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले दुर्गा प्रसाद गौतमलाई १६ जनवरी देखि २२ जनवरी सम्म अयोध्याको नवनिर्मित मन्दिरमा हुन गइरहेको प्राण प्रतिष्ठाको विशेष पूजामा सहभागी हुन आग्रहसहित निमन्त्रण पत्र पठाएका छन् ।
झापाको मेचीनगर निवासी आचार्य गौतमले प्राणप्रतिष्ठाको पूजा गराउन निम्तो पाउनु गौरवको विषय भएको बताएका छन् । उनले प्रधानमन्त्री मोदीलाई ५ अगस् २०१९ मा शिलान्यास गराएको सौभाग्य प्राप्त भएको बताउँदै सोही मन्दिरको निर्माणपछि मूर्ति प्राणप्रतिष्ठामा पनि निम्तो पाउनु पूरै देशकै लागि गौरवको विषय भएको प्रतिक्रिया दिए ।
अयोध्याको यस प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन नेपालका विभिन्न सम्मानित सन्त तथा धार्मिक संगठनका प्रमुखहरूलाई निम्तो आएको छ । विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्र सिंहले नेपालबाट झण्डै ३०-३५ साधु संतहरूलाई अयोध्याबाट प्राण प्रतिष्ठामा समारोहमा निम्तो आएको जानकारी दिए ।
SHARE YOUR THOUGHTS