![](https://internal.appharu.com/wp-content/uploads/2019/10/dividend.jpg)
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।
मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले सेयरधनीलाई १६.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
जसमा बोनस १६ प्रतिशत रहेको छ भने कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/01/image-23-632x768.png)
SHARE YOUR THOUGHTS