![](https://internal.appharu.com/wp-content/uploads/2023/04/IRD-final.jpg)
काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८०/८१ को आयकरको पहिलो किस्ताको कर तथा विवरण दाखिला गर्न ताकेता गरेको छ ।
विभागले सूचना प्रकाशित गर्दै चालु आय वर्षको पहिलो किस्ताबापतको कारोबारको अनुमानित करको विवरण र सो विवरणअनुसार तिर्नुपर्ने आयकरको किस्ता रकम तिर्न ताकेता गरेको हो ।
विभागले आयकर ऐन २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आर्थिक वर्ष २०८०/८१ को आयकर किस्ता दाखिला गर्नुपर्ने करदाताहरुले दफा ९५ बमोजिम चालु आय वर्षको अनुमानित करको विवरण र त्यसअनुसारको तिर्नुपर्ने आयकरको प्रथम किस्ताबापतको ४० प्रतिशत रकम पुस महिनाभित्रै ठूला करदाता कार्यालय वा सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्न भनेको छ ।
SHARE YOUR THOUGHTS