काठमाडौं । नेपालका ९ वटा विमानस्थलमा रातैभर उडान तथा अवतरण गर्ने सुविधा पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलसहित अरु ६ वटा अन्तरिक विमानस्थलमा रात्रि उडान सुविधा पुगेको छ ।
प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाहेक विराटनगर, चन्द्रगढी, धनगढी, जनकपुर, नेपालगन्ज र सिमरा विमानस्थलमा रात्रि उडान हुनसक्छ ।
यी रात्रि उडान हुने विमानस्थलकै कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने आन्तरिक विमानस्थलको चाप साँझ, राति र बिहानै हुने गरेको छ ।
रात्रि उडान हुने क्षमताका विमानस्थल थपिँदै गएका कारण साँझ र रातको समयमा आन्तरिक विमानस्थलबाट आउने-जाने यात्रु बढ्न थालेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
विमानस्थल कार्यालयका अनुसार रातिको समयमा काठमाडौं बाहिरबाट अबेर साँझ विमानस्थल आउनु र जानुको कारण पनि रात्रि उडान सुविधाले सम्भव भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताए ।
SHARE YOUR THOUGHTS