![](https://internal.appharu.com/wp-content/uploads/2023/06/ganesh-timalshina-1-768x403.png)
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तत्कालीन पर्यटनमन्त्री र कर्मचारीहरुको स्वार्थका कारण हवाई सेवा सम्बन्धी विधेयक आउन नसकेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले अघिल्लो प्रतिनिधि सभाको कार्यकालमा विभागीय मन्त्री र कर्मचारीहरुको स्वार्थका कारण नेपाल हवाइसेवा प्राधिकरण विधेयक र नेपाल नागरिक उडड्यन प्राधिकरण विधेयक आउन नसकेको बताएका हुन् । उनले राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको भए पनि स्वार्थवश प्रतिनिधि सभाबाट पुनः राष्ट्रिय सभामा फिर्ता नआएको बताए ।
युरोपियन युनियनले नेपालीलाई कालोसूचीमा राखेको अवस्थामा सेवा प्रदायक निकाय र नियामक निकाय एउटै हुनु नहुने प्रावधानसहित विधेयक ल्याउनुपर्ने भए पनि कर्मचारीहरुले सो कुरा स्वीकार गर्न नसकेको बताए ।
वायु सेवा निगमका कर्मचारीहरुले पार्टीका नेताहरुको कुरा सुनेका उनको आरोप छ । अझै पनि सरकारले चाहेमा सो विधेयक ल्याएर पारित गर्नसक्ने भए पनि प्रयत्न नगरिएको तिमिल्सिनाको भनाइ छ ।
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई छुट्याएर सेवा प्रदायक र नियाकम निकाय बनाउनु पर्ने नीति लिए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सेवा प्रदायक र नियामक निकाय छुट्याउन नहुने पक्षमा छन् ।
SHARE YOUR THOUGHTS