![](https://internal.appharu.com/wp-content/uploads/2020/10/sworajgar.jpg)
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले साधारणसभा गर्ने समय तीन महिना थप्न माग गरेको छ ।
कम्पनीको लेखापरीक्षण भइसकेको तर, नेपाल राष्ट्र बैंकले स्वीकृत गरिनसकेको भन्दै सभा गर्ने समय तीन महिना थप्न माग गरेको छ ।
कम्पनी ऐन २०६३ को दफा ७६ (१) मा भएको व्यवस्था बमोजिम वित्तीय संस्थाको साधारणसभा आर्थिक वर्ष सकिएको ६ महिना भित्र सक्नु पर्ने भएपछि लेखापरीक्षण राष्ट्र बैंकले स्वीकृत नगरेको भन्दै चैत मसान्तमा सम्पन्न गर्ने जनाएको छ ।
SHARE YOUR THOUGHTS