विकास बैंकले घटाए ब्याजदर, कसको कति ? « Eglish Khabarhub

विकास बैंकले घटाए ब्याजदर, कसको कति ?



काठमाडौं । विकास बैंकले माघ महिनाका लागि ब्याजदर घटाएका छन् । तुलनात्मक रुपमा पुसमाभन्दा माघ महिनामा बैंकहरुले ०.४५ प्रतिशतसम्मले ब्याजदर घटाएका हुन् ।

विकास बैंकहरुले सार्वजनिक गरेको माघको लागि नयाँ ब्याजदर अनुसार ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक र महालक्ष्मी विकास बैंकले ०.४५ प्रतिशतका दरले ब्याजदर घटाएका हुन् । गरिमा विकास बैंक, कामना सेवा विकास बैंक, सांग्रिला विकास बैंक र साइन रेसुंगा विकास बैंकले भने ०.२५ प्रतिशतले मात्रै ब्याज घटाएका छन् ।

पुस महिनाको तुलनामा माघ महिनामा विकास बैंकहरुले ब्याजदरमा थोरैमात्र हेरफेर गरेका हुन् ।

माघ महिनाका लागि गरिमा विकास बैंक, कामना सेवा विकास बैंक, सांग्रिला विकास बैंक र साइन रेसुंगा विकास बैंकले ९ प्रतिशत ब्याजदर कायम गरेका छन् । यस्तै ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक र महालक्ष्मी विकास बैंकले . प्रतिशत ब्याजदर तोकेका छन् ।

पुसमा यी बैंकहरुको अधिकतम ब्याजदर ९.२५ प्रतिशतसम्म रहेको बैंकहरुले घटाएर माघ महिनाका लागि अधिकतम ९ प्रतिशतसम्म कायम गरेका हुन् ।

विकास बैंकहरुको आधार दर भने न्युनतम १० प्रतिशत देखि अधिकतम ११.५८ प्रतिशतसम्म रहेको छ। गरिमा विकास बैंकको सबैभन्दा थोरै १० प्रतिशत आधार दर हुँदा लुम्बिनी विकास बैंकको आधार दर सबैभन्दा धेरै ११.५८ प्रतिशत छ ।

Publish on: