![](https://internal.appharu.com/wp-content/uploads/2023/10/widebudy_nac_9nlaz-768x443.png)
काठमाडौं । दुई वटा अन्तर्राष्ट्रिय उडानको जहाज एकैपटक थन्किएपछि नेपाल वायुसेवा निगमलाई उडान व्यवस्थापन मिलाउनै हम्मेहम्मे परेको छ । निगमले दुई दिनदेखि नियमित उडानको तालिकालाई पछाडि थकेल्दै (उडान डिले) गर्दै गएको छ ।
निगमका प्रवक्ता रमेश पौडेलले एकैपटक दुईवटा जहाज थन्किएपछि उडान तालिका प्रभावित हुनु स्वाभाविक भएको तर्क गरे । उनले भने ‘अहिलेसम्म कुनै पनि उडान कटौति नगरी डिलो गरेर भएपनि सेवा दिएका छौं । नियमित उडानको तालिका भने सबै प्रभावित भएको छ ।’
निगमका अनुसार एउटा न्यारोबडी इजरायलमा इन्जिन मर्मतको लागि गएको छ भने अर्को एउटा वाइडबडी काठमाडौंमा नै मर्मत भइरहेको छ । संभवत वाइडबडी जहाज भोलिदेखि नै उडानमा आउने भएकोले त्यतिन्जेलका लागि फ्लाइट डिले भएको जानकारी दिएरै भएपनि व्यवस्थापन गरिरहेको प्रवक्ता पौडेलले बताए ।
निगमले उडान समय परिवर्तन भएको जाानकारी सामाजिक सञ्जाल, निगमको वेवसाइट र यात्रुलाई प्रत्यक्ष जानकारी गराएरै दिइरहेको पनि पौडेलले बताए ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/01/nac_notice-768x581.jpg)
SHARE YOUR THOUGHTS