
काठमाडौं । कुथेली बुखरी स्मल हाईड्रोपावरले निष्कासन गरेको सेयरमा सामूहिक लगानी कोषका लागी कायम रहेको लक इन अवधि सकिएको छ ।
कम्पनीले साउन ७ गते आईपीओ बाँडफाँड गरेको छ । धितोपत्र बोर्डले कात्तिक २० गते सामूहिक लगानी कोष योजनाहरुलाई बॉडफॉड भएको मितिले ६ महिनासम्म लकइनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।
सामूहिक लगानी कोष योजनाहरुबाट बिक्री नभई बाँकी रहेको शेयरहरु लक इनमा राखिएको र उक्त सेयरको माघ ६ गते लक इन अवधि सकिएको कम्पनीले जननाएको छ ।
सामूहिक लगानी कोष नियमावली, २०६७ को परिच्छेद १० को नियम ४६ बमोजिम धितोपत्र सार्वजनिक निष्काशन गर्नु अगावै सार्वजनिक निष्काशन गरिने धितोपत्रको कम्तीमा ५ प्रतिशत धितोपत्र सामूहिक लगानी कोषको लागि छुट्याउनु पर्ने व्यवस्था छ ।
सोही व्यवस्था अनुसार कम्पनीले ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँड गरेको जनाएको छ ।

SHARE YOUR THOUGHTS