
कैलाली । धनगढीका एक व्यापारीले घरबाट हाम फालेर आत्महत्या गरेका छन् ।
धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनले शृङ्गारको व्यवसाय सञ्चालन गर्दै आएका थिए ।
बुधबार बिहान करिब सवा ११ बजे घरको पाँचौ तलाबाट हाम फालेपछि घाइते भएका अग्रवाललाई उपचारका लागि अस्पताल लगिएको थियो ।
नवजीवन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ।
उनले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
SHARE YOUR THOUGHTS