
काठमाडौं । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७९/०८० मा कार्यकारी प्रमुखलाई तलब भत्ता बापत १ करोड ११ लाख ८६ हजार ४४४ रुपैयाँ भुक्तानी गरेको छ ।
अघिल्लो आवमा भने १ करोड ७ लाख ११ हजार २९७ रुपैयाँ भुक्तानी गरेको थियो । एक वर्षको अवधिमा कार्यकारी प्रमुखको तलब ४ लाख ७५ हजार १४७ रुपैयाँले बढेको छ ।
सहकारीले संस्थाको कर्मचारी प्रशासन नियमावली २०७६ बमोजिम कार्यकारी प्रमुखलाई उक्त तलब भत्ता दिएको जनाएको छ । कार्यकारी प्रमुखले पाएको तलब भत्ता बापत राज्यलाई करिब ३९ प्रतिशत कर तिरेका छन् ।
संस्थाले सञ्चालक समितिका पदाधिकारी र सदस्यहरुलाई बैठक भत्ता बापत ६३ लाख २७ हजार ४९१ रुपैयाँ भुक्तानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा ४८ लाख ६२ हजार ३२३ रुपैयाँ भुक्तानी गरेको थियो । सहकारीले अध्यक्षमा हरिबहादुर राजवंशी रहेका छन् भने कार्यकारी प्रमुखमा महेन्द्रकुमार गिरी रहेका छन् ।
SHARE YOUR THOUGHTS