भारतीय मालवाहक साधन भन्सार बिन्दुबाट १६ किमीसम्म मात्र सञ्चालन गर्न दिने व्यवस्था गरौः अध्यक्ष चौधरी « Eglish Khabarhub

भारतीय मालवाहक साधन भन्सार बिन्दुबाट १६ किमीसम्म मात्र सञ्चालन गर्न दिने व्यवस्था गरौः अध्यक्ष चौधरी


१७ माघ २०८०, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले भारतीय मालवाहक साधनहरुलाई भन्सार बिन्दुबाट अधिकतम १६ किमीसम्म मात्र सञ्चालन गर्न दिने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग मंगलबार भएको भेटमा उनले भारतीय मालवाहक साधनलाई भन्सार बिन्दुबाट १६ किमी तथा नेपालमा २४ घण्टाको मात्र समयावधि दिन आग्रह गरेका हुन् ।

अध्यक्ष चौधरीले माल बाहक इन्डियन ट्रक निर्वाध रुपमा ७२ घण्टासम्म नेपाल प्रवेश गर्न सक्ने व्यवस्थाले नेपालको मालवाहक सवारी साधनहरुको बिक्री र त्यसको व्यवसायमा गम्भिर असर परेको बताए ।

भेटमा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले नेपाल भारतबीच खुल्ला सीमानाका कारण भारतबाट भारी मात्रामा अनधिकृत रुपमा लुव्रिकेण्टस, टायर तथा अटोमोबाइल स्पेयर पाट्र्सको आयात हुँदै आएको बताए ।

‘एकातर्फ नेपालका लुव्रिकेण्टस र टायरटयूव उद्योगहरुलाई गम्भिर असर परिरहेको छ भने अर्कोतर्फ ती वस्तुहरुको अनधिकृत आयातका कारण नेपालमा बसेर आधिकारिक व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरु आफनो व्यवसायमा टिकीरहन ज्यादै कठीन हुदै गईरहेको छ,’ उनले भने, ‘नेपालको सीमा क्षेत्रमा कडाईका साथै व्यवस्थित पनि गर्नु पर्ने देखिएको भन्दै यस्तो हुन सकेमा देशले गुमाई रहेको ठूलो राजश्व पनि प्राप्त हुने भएकोले यसतर्फ आवश्यक पहल गर्नुपर्छ ।’

भेटमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले पहिलेको २४ घण्टाको समयावधीलाई ७२ घण्टा पु¥याइएको र सीमा नाकामा भईरहेको समस्या समाधानका लागि सरकारले आवश्यक पहल गर्ने बताए ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार ००:००  २ : २८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping