
काठमाडौं । सरकारले राइड सेयरिङ सेवालाई उद्योगको मान्यता दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै राइड सेयरिङ सेवालाई मान्यता दिएको हो ।
सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६५ ले दिएको अधिकार प्रयोग गरी ऐनको अनुसूची–८ मा उद्योगको रुपमा राइड सेयरिङ सेवा समावेश गरेको हो । सरकारले सेवामूलक उद्योगको रुपमा मान्यता दिएको राजपत्रमा उल्लेख छ ।
सरकारले यसअघि राइड सेयरिङ सेवालाई उद्योगको मान्यता दिएको थिएन । तर, अब भने उद्योग दर्ता गरी सहजै सञ्चालन गर्न सक्ने बाटो खुला भएको छ ।
सरकारले यसअघि सेवामूलक उद्योगको रुपमा विभिन्न ५६४ वटा क्षेत्रलाई मान्यता दिएको थियो ।
SHARE YOUR THOUGHTS