
काठमाडौंं । डिशहोमको एक्सन स्पोर्ट एचडीमा नेपाल र क्यानाडा बीचको सिरिज प्रत्यक्ष प्रसारण हुने भएको छ ।
क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडा बीचको सिरिज २०२४ को फेब्रुअरीमा हुने भएको छ ।
उक्त ओडीआईका खेलहरू त्रिभुवन विश्विद्यालय क्रिकेट मैदानमा हुँदैछ । यस खेलको प्रत्यक्ष प्रसारण मात्र एक्सन स्पोर्ट एचडी १ र डिसहोम गोबाट हुँदैछ ।
नेपालको पहिलो र एक मात्र स्पोर्ट्स च्यानल एक्सन स्पोर्टले कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरेको थियो ।
SHARE YOUR THOUGHTS