
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई १४.०७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

SHARE YOUR THOUGHTS