
काठमाडौं । काठमाडौं महानगरपालिकाले आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरुमाथि आइतबार डोजर चलाएको छ ।
महानगर नगरप्रहरीकाअनुसार वडा नम्बर ३१ स्थित आलोकनगर क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा संरचनाहरुमाथि डोजर चलाइएको हो ।
आलोकनगर क्षेत्रमा ३१ नम्बर वडा कार्यालयले आफ्नो योजनाअनुरुप खेलकुद पार्क बनाउन लागेको छ । तर, खेलकुद पार्क बनाउने भनिएको सार्वजनिक जग्गामा अवैध रुपमा अस्थायी घरटहराहरु बनाइएका थिए ।
सार्वजनिक जग्गा मिचेर बनाइएका यीनै घरटहरा तथा संरचनाहरुमाथि महानगरले आइतबार डोजर चलाएको हो । महानगर नगर प्रहरीकाअनुसार १४ वटा संरचनाहरुमाथि डोजर चलाइएको छ । अस्थायी घरटहरामा बसोबास गर्नेहरुका सरसामान निकालेर त्यहाँ रहेका संरचनाहरुमाथि डोजर चलाइएको नगर प्रहरीले जनाएको छ ।
SHARE YOUR THOUGHTS