
काठमाडौं । कर्मचारी सञ्चय कोषले सूचीकृत भएका स्वास्थ्य संस्थामा मात्रै उपचार गराउन सञ्चयकर्तालाई आग्रह गरेको छ ।
आगामी फागुन १ गतेदेखि लागू हुने गरी उपचार गराउने अस्पतालहरुको सूची तयार गरिएको कोषले जनाएको छ ।
कोषले सोमबार सूचना जारी गर्दै उक्त सूचीमा आवद्ध स्वास्थ्य संस्थामा उपचार गराएको अवस्थामा स्वास्थ्य उपचार सुविधा उपलब्ध गराइने जानकारी दिएको छ ।
साथै साविकमा सञ्चयकर्तालाई मात्रै उपलब्ध गराउँदै आएको स्वास्थ्य उपचार योजनामा आगामी फागुन १ गतेदेखि सञ्चयकर्ताको पति पत्नीलाई समेत समावेश गराइएको कोषले जानकारी दिएको छ ।
SHARE YOUR THOUGHTS