
काठमाडौं । सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले ठूलो मात्रामा संस्थापक सेयर बिक्रीमा राखेको छ ।
इन्स्योरेन्सले सोमबार २ लाख ८७ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । इन्स्योरेन्सले ३५ दिने सूचना जारी गर्दै प्रतिकित्ता २ सय २० रुपैयाँका दरले संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले माघ २२ गते देखि फागुन ३ गतेसम्म संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन माग गरेको छ । यसरी संस्थापक सेयर खरिद गर्न चाहने लगानीकर्ताले न्युनतम ५ हजार कित्ताबाट बोलकबोलमा सहभागी हुन पाउनेछन् ।
इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआइशि एसिया क्यापिटल रहेको छ ।
SHARE YOUR THOUGHTS