![](https://internal.appharu.com/wp-content/uploads/2017/07/Nac.jpg)
काठमाडौं । अन्तर्राष्ट्रिय उडानको लागि २ वटा न्यारोबडी जहाज भाडा लिन नेपाल वायुसेवा निगमले सार्वजनिक प्रस्ताव माग गरेको छ ।
निगमले जहाजसहित पाइलट लिने गरी (वेट लिट)मा १५८ सीट क्षमतासम्मकाे जहाज लिने निर्णय गरेर प्रस्ताव माग गरेको छ । यसको अर्थ यो जहाज नेपाली क्याप्टेनले उडाउन पाउनै छ्रैनन् । सम्बन्धित कम्पनीले पाइलटसहित जहाज पठाउने प्रक्रिया नै वेट लिजको भएपनि निगमका प्रवक्ता रमेश पौडेलले बताए ।
निगमले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत ४५ दिनको समय दिएर मंगलबार दुईवटा जहाज भाडामा लिन प्रस्ताव माग गरेको हो । निगमका अनुसार हाल उडानमा रहेकै एयरवस ३२०–२०० सिरिजको जहाज भाडामा लिने भएको छ ।
भाडामा ल्याएको जहाजलाई अहिले सञ्चालन भइरहेकै गन्तव्यमा उडाउने र वाइडबडी जहाजलाई लामो दूरीको गन्तव्यमा मात्रै उडान फोकस गर्ने योजना छ ।
निगमलाई जहाज भाडामा दिन चाहने कम्पनीले १० हजार रुपैयाँ फिर्ता नहुने शर्तमा लिज डकुमेन्ट खरिद गर्नुपर्ने छ । निगमले तोको शर्त अनुसारको उपयुक्त जहाज दिनुपर्ने छ ।
SHARE YOUR THOUGHTS