![](https://internal.appharu.com/wp-content/uploads/2024/02/milan_devkota-768x493.jpg)
काठमाडौं । नेपाल पर्यटन बोर्डमा १६ माघदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) रिक्त रहेको बोर्डको काम सामूहिक नेतृत्वबाट चलाउन बोर्ड सदस्यलाई नै जिम्मा दिइएको छ । २४ माघमा बसेको नेपाल पर्यटन बोर्डको सञ्चालक समितिले कार्यकारी समितिमा बोर्ड सदस्य मिलन देवकोटालाई सदस्य सचिवको जिम्मा दिएको छ ।
बार्डका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दिपक काफ्लेले देवकोटालाई बोर्डको सीइओ नियुक्त नहुञ्जेल (बढीमा ३ महिनासम्म)को लागि सदस्य सचिवमा नियुक्त गरेका हुन् ।
देवकोटालाई नेपाल पर्यटन बोर्ड ऐन २०५३ को दफा ९ को उपदफा (४) अनुसार कार्यकारी समितिको सदस्यसचिव भए कामकाज गर्ने जिम्मा दिइएको हो ।
२०७६ माघमा चार वर्षका लागि नियुक्त भएका सीइओ धनञ्जय रेग्मीको कार्यकाल सकिएपछि बोर्ड नेतृत्वविहीन छ । बोर्डमा अन्य दुई जना सदस्य र उपाध्यक्ष पदसमेत २२ माघदेखि रिक्त छ ।
बोर्डमा दुई जना सदस्य नियुक्त गरेपछि मात्रै सीईओ नियुक्त गर्ने तयारीमा पर्यटन मन्त्री छन् । यद्यपी विहीबारको मन्त्रिपरिषदबाट २ जना बोर्ड सदस्य नियुक्त हुने गरी ५ जना पर्यटन व्यवसायीको नाम सिफारिश भएको भएपनि प्राविधिक कारण सदस्य नियुक्त हुन नसकेको पर्यटन मन्त्रालयका एक उच्च अधिकारीको भनाइ छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/02/ntb-540x768.jpg)
SHARE YOUR THOUGHTS