एनआईसी एशिया बैंकका डेपुटी सीईओ पाण्डेको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेन « Eglish Khabarhub

एनआईसी एशिया बैंकका डेपुटी सीईओ पाण्डेको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेन



काठमाडौं । एनआईसी एशिया बैंकका डेपुटी सीईओ सुधिर पाण्डेले दिएको राजीनामा सञ्चालक समितिले अस्वीकृत गरेको छ।

पाण्डेले बुधबार सीइओ रोशन न्यौपानेसमक्ष राजीनामा दिएका थिए । शनिबार बसेको सञ्चालक समितिको बैठकमा डेपुटी सीईओ पाण्डेको राजीनामा सीईओ न्यौपानेले सञ्चालक समितिमा पेश गरेका थिए ।

तर, अहिलेको परिस्थितिमा उच्च व्यवस्थापनको राजीनामाले नकारात्मक सन्देश जाने भन्दै सञ्चालक समितिले पाण्डेको राजीनामा अस्वीकृत गरेको हो ।

‘अहिले बैंकिङ चुनौतिपूर्ण बन्दै गइरहेको छ, यस्तो बेलामा डेपुटी सीईओ जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले राजीनामा दिँदा संस्थाबारे नकारात्मक सन्देश जानसक्ने भएकाले हामीले पाण्डेजीको राजीनामा अस्वीकृत गरेका हौं,’ एक सञ्चालकले भने, ‘यसको अर्थ बैंकलाई पाण्डेजी चाहिन्छ भन्ने हो ।

२०७५ मंसिरदेखि पाण्डे डेपुटी सीईओका रुपमा कार्यरत छन् ।

पछिल्लो समय एनआईसी एशिया बैंकका रणनीतिहरु असफल हुन थालेपछि बैंकको व्यवस्थापन माथि दबाब बढ्न थालेको थियो । बैंकले राष्ट्र बैंक र सञ्चालक समितिलाई झुक्याएर गलत वित्तीय प्रतिवदेन तयार गरेपछि ब्यवस्थापन र संचालक समितिबीच बिबाद बढेको छ ।

राष्ट्र बैंकले पनि नियामकीय व्यवस्थाहरुमा चलखेल गरेको भन्दै एनआईसी एशिया बैंकमाथि अनुसन्धान सुरु गरेको छ ।

Publish on: