राष्ट्र बैंकद्वार ५ वटा मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द « Eglish Khabarhub

राष्ट्र बैंकद्वार ५ वटा मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द



काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वटा मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द गरेको छ ।

केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले तोकिएको समयमा नवीकरण नगरेका इजाजपत्र प्राप्त मनिचेञ्जरहरुको इजाजतपत्र नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप–विनियम (३) बमोजिम खारेज गरेको हो ।

लाइसेन्स खारेज हुने कम्पनीहरुमा फेयर मनि एक्सचेञ्ज प्रा.लि. बसन्तपुर, काठमाडौं, न्यातपोल मनि एक्सचेञ्ज प्रा.लि. तौमढी भक्तपुर, कैलाश मनि एक्सचेञ्ज प्रा.लि. क्षेत्रपाटी काठमाडौं, ग्रेस मनि एक्सचेञ्ज प्रा.लि. टिमुरे गोसाइकुण्ड रसुवा र रुट नेपाल मनि एक्सचेञ्ज प्रालि लालदरबार, काठमाडौं रहेको राष्ट्र बैंकले जनाएको छ ।

Publish on: