![](https://internal.appharu.com/wp-content/uploads/2024/02/samsad-laghubitta.jpg)
काठमाडौं । लघुवित्त पीडितहरु संघीय संसद भवनमा प्रवेश गरेका छन् ।
सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त पीडितहरुले संसद् भवन परिसरमै पुगेर नारबाजी गरेका हुन् ।
लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमबार संसद भवनभित्रै प्रवेश गरी प्रदर्शन गरेका हुन् ।
सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । तर लघुवित्त पीडिहरुले निषेधति क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरु पक्राउ परेका छन् ।
उनीहरुले आफूहरु गोली खान पनि तयार रहेको भन्दै संसद् परिसरभित्रै सुतेर बिरोध जनाएका थिए । गेटमा एकैपटक धेरै जना आएपछि सुरक्षाकर्मीले रोक्न नसक्दा उनीहरु भित्र प्रवेश गरेका हुन् ।
SHARE YOUR THOUGHTS