काठमाडौं । प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले न्यौपानेलाई पक्राउ गरेको हो ।
तत्कालीन सेञ्चुरी बैंकका सीईओ न्यौपाने मर्जपछि प्रभु बैंकमा सिनियर डेपुटी सीईओको रुपमा कार्यरत थिए । सेन्चुरी बैंकमा कार्यरत रहँदा प्रवाह भएको ऋणमा अनियमितता भएको भन्दै सीआईबीले उनलाई पक्राउ गरेको हो ।
सीआईबीले न्यौपानेसहित बैंकका करिब दर्जन कर्मचारीलाई पक्राउ गरेको छ ।
SHARE YOUR THOUGHTS