![](https://internal.appharu.com/wp-content/uploads/2023/11/Sarbottam_Bishnu-Neupane-768x403.jpg)
काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीको साधारण सेयर (आईपीओ)मा १५ अर्ब ४१ करोड १० लाख ९० हजार ४४७ रुपैयाँको आवेदन परेको छ ।
सीडीएससीका अनुसार ७ लाख ९९ हजार ९६२ जना आवेदकले ४ करोड २७ लाख १ हजार ८३० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ देखि २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेपछि आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सेयर निष्कासन गरेको छ । आईपीओमा न्यूनतम ५० देखि १० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
आईपीओमा लगानीकर्ताले सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
SHARE YOUR THOUGHTS