प्रभु बैंकले लिलामीमा राखेको देउराली सहकारीका अध्यक्ष चौलागाईंको घर गणेश लामाको नियन्त्रणमा ! « Eglish Khabarhub

प्रभु बैंकले लिलामीमा राखेको देउराली सहकारीका अध्यक्ष चौलागाईंको घर गणेश लामाको नियन्त्रणमा !


१७ फाल्गुन २०८०, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । ऋण नतिरेपछि प्रभु बैंकले ललितपुरको भैंसेपाटीस्थित देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंको लिलामीमा चढाएको घर कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका ‘डन’ गणेश लामाको नियन्त्रणमा रहेको पाइएको छ ।

चौलागाईंले विभिन्न कम्पनीमा लिएको ऋण नतिरेपछि प्रभु बैंकले गत असोजमा १२ आना क्षेत्रफलमा बनेको घर लिलामीमा चढाएको थियो ।

बैंकले चौलागाईंको नाममा ललितपुर जिल्ला साविकको सैंबु गाबिस-४ मा रहेको कित्ता नम्बर १३०९ को ४ आना, कित्ता नम्बर १३१४ को ४ आना र कित्ता नम्बर १३१६ को ४ आना गरि १२ आना जग्गा र ति जग्गामा रहेको घर लिलामीमा निकालेको थियो ।

उक्त सम्पत्ति अहिलेसम्म बिक्री भएको छैन । बैंकले लिलामीमा चढाइसकेको उक्त घर कांग्रेस नेतासमेत रहेका डन लामाको नियन्त्रणमा रहेको बैंकको दाबी छ । उक्त घरमा पहिला तत्कालीन एमाले नेतासमेत रहेका पूर्वगृहमन्त्री वामदेव गौतम भाडामा बस्थे ।

चौलागाईंले आफ्नो करोडौं रुपैयाँ खाइदिएको भन्दै लामाले उक्त घर नियन्त्रणमा लिएको बैंकका कर्मचारीहरु बताउँछन् । विभिन्न बैंकको ३ अर्ब ६८ करोड र सहकारीका बचतकर्ताको ३ अर्ब बढी रकम अपचलन गरेका चौलागाईंले लामाका ज्वाइँलाई पनि ठगेको पाइएको हो ।

‘लिलामीको उक्त घर किन्न केही ग्राहकहरु आएका थिए, हामीले देखाउन पनि लग्यौं । स्थानीयले उक्त घरमा गणेश लामाका ज्वाईंले कब्जा जमाएर बसेको बताएपछि ग्राहक डराए,’ प्रभु बैंकका एक कर्मचारीले भने ।

लामो समयको प्रयासपछि बैंक व्यवस्थापनले लामासँग यस विषयमा छलफल गरेको छ । बैंकका अधिकारीहरुले उक्त सम्पत्ति बैंकले लिलामीमा लगेको भन्दै सहयोग गरिदिन लामासँग आग्रह गरेको थियो ।

‘घर हाम्रो बैंकले लिलामीमा चढाइसकेको छ, हजुर त नेताजस्तो मान्छे हामीलाई लिलामी प्रक्रियामा सहयोग गरिदिनुपर्छ, कांग्रेसजस्तो पार्टीको केन्द्रीय सदस्य बैंकले लिलामी गरेको घर नियन्त्रणमा लिएर बसेका छन् भन्ने सन्देश बाहिर गयो भने कसैलाई पनि राम्रो गर्दैन,’ बैंकका कर्मचारीले लामालाई भने ।

उक्त छलफलमा लामाले आफू बैंकलाई सहयोग गर्न तयार रहेको बताए । तर, चौलागाईंले आफ्नो ज्वाइँको करोडौं रुपैयाँ तिर्न बाँकी रहेकाले घर नियन्त्रणमा लिन बाध्य भएको बैंकका प्रतिनिधिलाई बताएका थिए ।

‘बैंकलाई त म सहयोग गरुँला तर रविन्द्रले ज्वाइँको करोडौं रुपैयाँ खाएको छ, त्यो कसरी असुली गर्ने भन्ने हो,’ लामाको भनाइ उदृत गर्दै बैंकका कर्मचारीले क्लिकमान्डुसँग भने ।

तर, गणेश लामाले आफ्ना ज्वाइँ सूर्य लामाले घर खरिदका लागि रविन्द्र चौलागाईंसँग बैना गरेको तर पास हुन भने नसकेको दाबी गरे ।

चौलागाईंसँग आफ्नो नभइ ज्वाइँको कारोबार भएको भन्दै लामाले यस घटनामा आफूलाई जोड्न नमिल्ने बताए ।

‘मेरो ज्वाइँ सूर्य लामाले घर किन्नका लागि रविन्द्रसँग बैना गरेको हो । तर घर पास हुन सकेन । उसले घर धितो राखेर ऋण लिएको रहेछ, अहिले ज्वाइँ उक्त घरमा बसिरहनु भएको छ । यसमा मेरो नाम मुछ्न आवश्यक छैन, ‘ लामाले क्लिकमान्डुसँग भने, ‘बैंकले लिलामीमा निकालेपछि हामीले प्रभु बैंकको उच्च व्यवस्थापनसँग पनि छलफल गर्‍यौं । त्यस क्रममा बैंकका अधिकारीहरुले तपाईंहरुको पनि पैसा परेको छ भने बैंकलाई तिर्नुपर्ने रकम तिरेर घर निखन्नुस् भन्नु भयो।’

देउराली सहकारीका अध्यक्ष चौलागाईं र लामा दुवै काभ्रेका स्थायी बासिन्दा हुन् ।

देउराली सहकारीका बचतकर्ताको ३ अर्ब रुपैयाँभन्दा बढी अपचलन गरेको अभियोगमा गत असोज १८ गते पक्राउ परेका चौलागाईं पुर्पक्षका लागि प्रहरी थुनामै छन् । उनले तत्कालीन सेञ्चुरी बैंकबाट पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालि लगायतका कम्पनीका नाममा पटक पटक गरी २ अर्ब ११ करोड रुपैयाँ ऋण लिएका थिए । सो ऋणका लागि उक्त घर पनि धितो राखेका थिए । एक वर्षअघि सेञ्चुरी बैंक प्रभु बैंकसँग मर्ज भएको थियो ।

उक्त ऋणको साँवा ब्याज नउठेपछि प्रभु बैंकले पटक पटक ताकेता गर्दा पनि चौलागाईंले साँवा ब्याज तिरेका थिएनन्।

‘हामीले रविन्द्रलाई बोलाएर साँवा ब्याज तिर्न पटक पटक आग्रह गरेका थियौं,’ असुली शाखाका एक कर्मचारीले भने, ‘तर उसको एडिच्युटमा समस्या देखियो । पटक पटक ताकेता गर्दा पनि ऋण नतिरेपछि असुलीको कानुनी बाटो रोज्न बाध्य भएका हौं ।’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका अनुसार चौलागाईंका विभिन्न कम्पनीमा तत्कालीन सेञ्चुरी बैंकले १ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँ धितोको मूल्यांकन गरेर २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ । धितोको मूल्यांकनभन्दा अधिक ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ कर्जा प्रवाह भएको प्रहरीले जनाएको छ ।

धितोले खाम्नेभन्दा बढी कर्जा दिएको अभियोगमा प्रहरीले मंगलबार सेञ्चुरी बैंकका पूर्वसीईओसमेत रहेका प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने, सेञ्चुरीका पूर्वसीईओ तुलसीराम गौतमसहित १० जना कर्मचारीलाई पक्राउ गरेको छ । अनुसन्धानका लागि मंगलबार नै ७ दिन हिरासतमा राख्ने अनुमति पनि प्रहरीले अदालतबाट लिइसकेको छ ।

प्रभु बैंकले चौलागाईंको भैँसेपाटीको घरसहित देशभर रहेको १८ ठाउँको समपत्ति लिलामीमा चढाएको थियो । तर, धितोभन्दा बढी ऋण भएपछि उक्त सम्पत्ति बिक्री भएको छैन । यस ऋणबापत बैंकले प्रोभिजन गरिसकेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार ००:००  ८ : ३६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping