![](https://internal.appharu.com/wp-content/uploads/2024/03/sapat-mantri.png)
काठमाडौं । मन्त्रीहरुको सपथ ग्रहणमा ढिलाइ भएको छ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालका कारण नयाँ मन्त्रीको सपथ ग्रहणमा ढिलाइ भएको हो । मन्त्रीहरु सपथका लागि साढे ५ बजे शितलनिवास स्थित राष्ट्रपति कार्यालयमा पुगेका थिए ।
राष्ट्रपति कार्यालयमा १९ जना मन्त्रीले सपथग्रहणको डेढ घण्टादेखि पर्खिरहेका छन् । शितलनिवासमा सपथका लागि मन्त्रीहरु कुरेर बसिरहँदा समाजवादीका मन्त्री टुंगो लगाउन प्रधानमन्त्री र माधव नेपाल छलफलमा रहेका थिए ।
सपथग्रहण गरेर आजै पदभार ग्रहण गर्ने भनेर सिंहदरबारमा कर्मचारीलाई पखाईएको छ । सिंहदबारमा सबै मन्त्रालयका कर्मचारी मन्त्रीको सपथमा कुरेर बसेका छन् ।
यसअघि नियुक्त भएका तीन सहित आज नियुक्त हुने भएका मन्त्रीहरु नियुक्त भएका हुन् । सिंहरदबारबाट ५ बजे नै कर्मचारी बाहिरिसक्ने भएपनि नयाँ मन्त्री आउने भनेपछि २ घण्टादेखि कुरिरहेका छन् ।
SHARE YOUR THOUGHTS