१२ वर्षपछि अर्थमन्त्री भएका पुनले भने: राजस्व वृद्धिदरलाई २० प्रतिशत पुर्‍याउन सकिन्छ « Eglish Khabarhub

१२ वर्षपछि अर्थमन्त्री भएका पुनले भने: राजस्व वृद्धिदरलाई २० प्रतिशत पुर्‍याउन सकिन्छ



काठमाडौं । १२ वर्षपछि खोला फर्किन्छ भन्छन्, म यहाँ १२ वर्षपछि अर्थ मन्त्री भएको छु। २०६८ सालमा गुरिल्ला अर्थ मन्त्री भन्थे।

मलाई त्यस बखत २ देखि ३ महिना अर्थमन्त्रीको रुपमा रेस्पोन्स गरेको थिइएन । अहिले विकासे मन्त्रालयमा काम गरेको छु।
तपाईंहरूको स्वागत र आफ्नै कामले थेग्ने । सचि ज्यू, सहसचिव हुनु हुन्थ्यो । हैरान पार्नु हुन्थ्यो । राजस्व अनुसन्धानले हेरेका ट्रक फेरी हेर्नू हुन्थ्यो। अहिले म्याचुअर भई सक्नु भनेको छ।

२०६८ सालमा अर्थमन्त्री हुँदा अर्थतन्त्र दबाबमा थियो। घरजग्गा र सहकारीको समस्या थियो। त्यसबखतको टिम उक्त समस्या समाधान गरेको थियो।

अहिलेको समस्या त्यति ठूलो होइन। त्यसबखत बिलासिलाग्ने स्मार्ट फोन अहिले अत्यावश्यक भएको छ। अहिले अवस्था परिवर्तन भएको छ। नयाँ र फरक काम गर्नु पर्ने चुनौती छ।

विश्व अवस्था राम्रो छैन । विभिन्न देश युद्धमा छन् । तर, मैले अहिलेको अवस्थालाई सकारात्मक चुनौतीको रुपमा लिएको छु।
भुकम्पको कारण हाम्रो अर्थतन्त्र समस्या पर्‍यो । कोरोना र भुकम्पले हाम्रो देशमा ५ प्रतिशत गरिबी बढाएको छ।

त्यसलाई हामीले समाधान गर्नु पर्नेछ। अहिले हामीले गति कम भएको अवस्थाबाट राम्रो काम गर्न सक्यौं भने अवस्था राम्रो हुन सक्छ।

अहिले १० प्रतिशत रहेको राजस्व वृद्धिदरलाई २० प्रतिशत बनाउन सकिन्छ। विगतमा सिर्जना भएका दायित्व राज्यले भुक्तानी गर्नु पर्छ। हामीले राजस्व पनि बढाउने र खर्च पनि बढाउने काम गर्नु पर्छ।

(अर्थमन्त्री वर्षमान पुनले पदभार ग्रहणमा व्यक्त गरेको विचार)

Publish on: