मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऋण नतिरेपछि नमस्ते सहकारीका सञ्चालकको धितो लिलाम गर्दै नेफ्स्कुन


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले धम्बोझी चोक १, नेपालगञ्ज बाँकेमा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकको सम्पत्ति लिलामी गर्ने भएको छ ।

नेफ्स्कुनबाट लिएको कर्जा नतिरेपछि संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरुको सम्पत्ति लिलामी गर्न लागिएको हो । नेफ्स्कुनले १५ दिन भित्र गोप्य शिलबन्दी बोलपत्रद्वारा धितो लिलाम गर्ने जनाएको छ ।

नेफ्स्कुनबाट संस्थाका पदाधिकारी जमानी बसेर लिएको कर्जा ऋणी सस्था एवं धितो जमानीकर्ताले उपभोग गरेको कर्जाको सांवा, ब्याज र हर्जाना रकम तिर्न बुझाउन पर्नेमा हालसम्म नबुझाएको जनाएको छ ।

नेफ्स्कुनले मौखिक तथा लिखित पत्र मार्फर्त कर्जाको साँवा, ब्याज, हर्जाना तथा अन्य दस्तुर भुक्तानी नगरेको हुनाले घितो लिलाम सम्बन्धी १५ दिने सूचना निकालेको जनाएको छ ।

धितो सुरक्षण सम्पती लिलाम बिक्रीमा सहभागी हुन र बोलपत्र खरिद गरी लिन इच्छुक संघ, संस्था, फर्म, कम्पनी तथा सर्बसाधारण १५ दिन भित्र बोल कबोल गरेको रकम सहितको बोलपत्र पेश गर्न आग्रह गरेको छ ।

लिलाम बिक्रीमा धितो सम्पती कसैले नसकारेमा वा रितपूर्वक बोलपत्र नपरेमा वा धितोकर्ताले समेत आफुले दिएको जमानतको घरजग्गा फिर्ता लिन कर्जाको साँवा, ब्याज, हर्जाना तथा अन्य लागेको दस्तुरको रकम समेत चुक्ता नगरेमा सहकारी ऐन, नियमावली, प्रचलित नीति नियम तथा प्रचलित कानुन बमोजिम नेफ्स्कुन आफैले सकार्ने जनाएको छ ।

सहकारीको अध्यक्षमा विष्णु बहादुर रिमाल, उपाध्यक्ष जिवकला अधिकारी, सचिब प्रकाश ज्ञवाली, कोषाध्यक्ष नेग बहादुर भण्डारी रहेका छन् । यस्तै सदस्यमा बाबुलाल श्रेष्ठ, खेम कुमारी भण्डारी थापा र राजन शर्मा रहेका छन् ।