![](https://internal.appharu.com/wp-content/uploads/2024/03/Sandra-Bullock-Scarlett-Johansson-Sofia-Vergara-Reese-Witherspoon-Angelina-Jolie.png)
काठमाडौं । सबैभन्दा धेरै कमाउने अभिनेत्री को हो ? धेरैलाई चासो हुनसक्छ ।
गएको वर्ष सन् २०२४ मा सबैभन्दा धेरै कमाउने अभिनेत्रीको नयाँ सूचीमा स्कारलेट जोहान्सनलाई पछि पार्दै स्यान्ड्रा बुलक एक नम्बरमा परेकी छिन् ।
विश्वका सबैभन्दा धेरै कमाउने नयिकाको सूचीमा रहेका यी दुई बाहेक गल ग्याडोट होस् वा सोफिया भर्गारा यिनीहरु देख्दामात्र सुन्दर होइनन्, समाजप्रति उनीहरुको उत्तरदायित्व तथा सेवाका कारण पनि यी महिलाहरू लाखौंको लागि प्रेरणा स्रोत समेत हुन् ।
व्यक्तिगतरुपमा त उनीहरूले धेरै कमाएका छन् नै त्यसबाहेक पनि उनीहरूले आफना विविध परोपकारी कामकमार्फत समाजको उत्थानमा योगदान दिएका कारण पनि समाजमा स्थायी छाप छोड्न सफल छन् ।
१. सान्ड्रा बुलक
![](https://internal.appharu.com/wp-content/uploads/2024/03/Sandra-Bullock.png)
तीन दशकभन्दा बढी देखि रंगीन अभिनय गर्दै आएकी उत्कृष्ट र सुन्दर अभिनेत्री सान्ड्रा बुलकले एउटा चलचित्रको लागी ७० मिलियन अमेरीकि डलरसम्म लिन्छिन् । आफ्नो अतुलनीय प्रतिभा र अभिनय कौशलमार्फत चम्किएकी बुलकले सन् २०१० मा सर्वश्रेष्ठ अभिनेत्रीको लागि एकेडेमी अवार्ड पनि जितेकि थिइन् । उनको हालै प्रदशर्नमा आएको चलचित्र, द ब्लाइन्ड साइड, फिल्म फिल्मी उद्योगमा उनको सबैभन्दा प्रभावशाली उपस्थितीको प्रमाण हो ।
सान्ड्रा बुलक आफनो सुन्दर अनुहार मात्र नभएर कोमल ह्दयका कारण पनि प्रख्यात छिन् । आफनी आमाको डिम्बाशयको क्यान्सरबाट मृत्यु भएपछि उनले आमाको स्मृतीमा स्यान्डी रोलम्यान ओभेरियन क्यान्सर फाउन्डेसन स्थापना गरेकी छिन् । यस फाउन्डेसनमार्फत बुलक समाजमा सकारात्मक प्रभाव पार्दै असंख्य मानिसलाई मद्दत गर्ने अथक प्रयास गर्दछिन् ।
गत वर्षको कमाईः ७० मिलियन अमेरिकी डलर (करिब ९ अर्ब २२ करोड रुपैयाँ)
राष्ट्रियताः संयुक्त राज्य अमेरिका
२. स्कारलेट जोन्सन
![](https://internal.appharu.com/wp-content/uploads/2024/03/Scarlett-Johansson.png)
मात्र ३६ वर्षकै उमेरमा स्कारलेट जोन्सन विश्वकी सबैभन्दा बढि माउने नायिकाको सूचीमा परेकी छिन् । उनी यो सूचीमा सन् २०१८ देखि नै छिन् । सिनेमाप्रतिको उत्कट प्रेमका कारण चर्चित जोन्सनका चलचित्रहरु ब्यावसायिकरुपमा पनि अत्यन्त सफल मानिन्छन् ।
उनको भर्खरै प्रदर्शनीमा आएको फिल्म, ब्ल्याक विडो, उनको करियरको थप एउटा उपलब्धी हो । सिनेमा बाहेक पनि उनी उदारताको लागी पनि परिचित छिन् । एड्सका बिरामीहरूलाई मद्दत गर्न विश्वव्यापी रूपमा खुलेका धेरै संस्थाहरूलाई उनी आर्थिक मद्दत गर्दछिन् ।
गत वर्षको कमाईः ५६ मिलियन अमेरिकी डलर (करिब ७ अर्ब ३८ करोड रुपैयाँ)
राष्ट्रियताः संयुक्त राज्य अमेरिका
३. सोफिया भर्गार
![](https://internal.appharu.com/wp-content/uploads/2024/03/Sofia-Vergara.png)
बहु–प्रतिभाशाली अभिनेत्री तथा निर्माता सोफिया भर्गार विश्वको तेस्रो सबैभन्दा धेरै कमाउने अभिनेत्री हुन् । उनले हालै अमेरिकी टेलिभिजनको लोकप्रिय अमेरिकाज गट ट्यालेन्टका लागि जजकोरुपमा हस्ताक्षर गरेकी छिन् ।
पछिल्लो १२ महिनामा सोफिया भर्गारले ४३ मिलियन डलरभन्दा बढी कमाएकी छिन् ।
गत वर्षको कमाई : ४३ मिलियन अमेरिकी डलर (करिब ५ अर्ब ६६ करोड रुपैयाँ)
राष्ट्रियताः कोलम्बिया
४. रिज विदरस्पून
![](https://internal.appharu.com/wp-content/uploads/2024/03/Reese-Witherspoon.png)
सम्मानित ग्लोडेन ग्लोब अवार्ड विजेता रिज विदरस्पूूनले गत वर्ष ३५ मिलियन अमेरिकी डलर कमाइन् । तीन दशकभन्दा बढी समयदेखि चलचित्र उद्योगको नेतृत्व गरिरहेकी उनी विश्वव्यापी रूपमा अनगिन्ती महिलाहरूको लागि पनि प्रेरणाको स्रोत हुन् । १९९० को दशककी अभिनेत्री विदरस्पून एक सफल उद्यमीभन्दा कम छैनन् ।
१९९० गएको हुन सक्छ, तर उनको विरासतले आजसम्म उनका प्रशंसकहरूलाई प्रेरणा र उत्प्रेरित गरिरहन्छ।
गत वषको कमाई : ३५ मिलियन अमेरिकी डलर (करिब ४ अर्ब ६१ करोड रुपैयाँ)
राष्ट्रियताः संयुक्त राज्य अमेरिका
५. एन्जेलिना जोली
![](https://internal.appharu.com/wp-content/uploads/2024/03/Angelina-Jolie.png)
हलिउड फिल्महरू हेर्न रुचाउनेका लागी एन्जेलिना जोली नयाँ नाम होइन ।
ठूलो पर्दामा अभूतपूर्व अभिनयले एन्जेलिना जोलीलाई प्रसिद्ध अभिनेत्री बनाएको छ । दुई दशकभन्दा लामो करियरमा एन्जेलिना जोली प्रभावशाली व्यक्तित्वको पर्यायवाची पनि बनेकी छिन् ।
अभिनयमा रहेको उर्जा र आकर्षक सौन्दर्यको संयोजनले उनलाई विश्वको शीर्ष सबैभन्दा धेरै कमाउने अभिनेत्रीहरूको सूचीमा स्थान दिलाएको छ ।
पछिल्लो फिल्म, इटर्नलसमा निर्वाह गरेको भुमिकाका कारण पनि उनले सबैभन्दा प्रभावशाली अभिनेत्री भएको प्रमाणित गरेकी छिन् । विभिन्न सामाजिक कार्यमा पनि उनको योगदान छ ।
गत वर्षको कमाई : ३४ मिलियन अमेरिकी डलर (करिब ४ अर्ब ४८ करोड रुपैयाँ)
राष्ट्रियता : संयुक्त राज्य अमेरिका
SHARE YOUR THOUGHTS