![](https://internal.appharu.com/wp-content/uploads/2024/03/sapat-upendra-768x403.png)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् थप विस्तार गरेका छन् । आइतबार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जसपाकै नवलकिशोर साह सुडीले मन्त्रीका सपथ ग्रहण गरेका छन् ।
उपेन्द्रले उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या र सुडीले वन तथा वातावरणमन्त्रीका रूपमा सपथ लिएका हुन् ।
योसँगै पुष्पकमल दाहाल नेतृत्वको सरकारमा ४ जना उपप्रधानमन्त्री पुगेका छन् । यसअघि दाहाल सरकारमा नारायणकाजी श्रेष्ठ, रघुवीर महासेठ र रवि लामिछानले उपप्रधानमन्त्री बनिसकेका छन् ।
जसपा सरकारमा सहभागी भएसँदै दाहाल सरकारले पूर्णतासमेत पाएको छ ।
SHARE YOUR THOUGHTS