![](https://internal.appharu.com/wp-content/uploads/2024/03/narayan-dahal-and-yubraj-sharma-768x403.png)
काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।
सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेका दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।
कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह छन् ।
भोलि बस्ने राष्ट्रियसभा बैठकमा निर्वाचन हुनेछ । राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत छ ।
उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ भएका कारण नभई आफ्नो योगदानअनुसार राष्ट्रियसभा अध्यक्षको उम्मेदवार भएको बताए । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले पार्टीभन्दा अलग भएर भूमिका निर्वाह गर्ने बताए ।
SHARE YOUR THOUGHTS