![](https://internal.appharu.com/wp-content/uploads/2023/05/antarik-rajaswa-bibhag_-IRD-768x403.png)
काठमाडौं । नक्कली कर बिल जारी गरेर कारोबार गरेको आशंकामा आन्तरिक राजस्व विभागले ३२ व्यवसायीमाथि छानबिन सुरु गरेको छ ।
आन्तरिक राजस्व विभाग अन्तर्गको ललितपुर १ को कार्यालयबाट ति व्यवसायीमाथि छानबिन सुरु भएको हो ।
आन्तरिक राजस्व कार्यालयले सार्वजनिक सूचना जारी गरेरै ती व्यवसायीमाथि पछिल्लो एक देखि ५ वर्षसम्मको कर दाखिलासहितको विषयमा छानबिन सुरु गरेको हो ।
आन्तरिक राजस्व कार्यालयले झुट्टा तथा नक्कली कर बीजकतर्फ अनुसन्धान तथा छानबिन गर्नुपर्ने कारदाताहरुको विवरणसमेत सार्वजनिक गरेका हुन् ।
यी हुन् आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको व्यवसायीको विवरण:
![](https://internal.appharu.com/wp-content/uploads/2024/03/image-22-277x768.png)
SHARE YOUR THOUGHTS