काठमाडौं । नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका छन् ।
आवेदन दिनेमा चिरञ्जीवी चापागाईँ, कृष्णराज पोखरेल, सन्तोष नारायण श्रेष्ठ, डा नवराज अधिकारी, डा गोपाल प्रसाद भट्ट, निरज गिरी, डा केशव प्रसाद श्रेष्ठ, कृष्णबहादुर अधिकारी, डा रघुराज काफ्ले, मुक्तिनाथ श्रेष्ठ, प्रविन पन्दाक, सूर्य प्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा विमल कुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्णबहादुर कार्की रहेका छन् ।
सरकारले गठन गरेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको सिफारिस समितिले गत फागुन १६ गते धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो ।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिएका हुन् । आवेदन दिने मध्येबाट अर्थ मन्त्रालयले तीनजना उम्मेदवार छनौट गरी अध्यक्षमा नियुक्तिका लागि मन्त्रिपरिषदमा लैजाने छ ।
मन्त्रिपरिषदले एकजनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।गत पुस २० गते रमेशकुमार हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहेको छ ।
SHARE YOUR THOUGHTS