![](https://internal.appharu.com/wp-content/uploads/2024/03/cg-768x392.jpg)
काठमाडौं । सबै मौसमका लागि एलजी एसी नाराका साथ अघि बढिरहेको अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ ।
गर्मी बढेसँगै चैत १ गतेदेखि सीमित अवधिको लागि नेपालका सम्पूर्ण एसीका ग्राहकलाई लक्षित गरी “नि:शुल्क ए.सी. सर्भिस र एक्सचेन्ज क्याम्प” योजना अघि सारेको एलजीले जनाएको छ ।
यस योजना अन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीमा बिगतको भन्दा ५० प्रतिशतसम्मको थप मूल्याङकनका साथ एलजीको उच्च गुणस्तरिय एसीसँग साट्न सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकले www.cgelex.com/exchange मा गई आफ्नो पुरानो एसोको मूल्याङकन आँफै पनि गर्न सक्ने कम्पनीले जनाएको छ।
यो सुविधा र सर्भिस लिनको लागि ग्राहकबर्गहरुले टोल फ्री नं १६६-००-१००-२११ वा ०१-५९७०२११ मा अथवा एलजीको सामाजिक सन्जाल पेज मार्फत आफ्नो विवरण रजिस्टर गराउनु पर्नेछ।
रजिस्टर पश्चात एलजीका टेक्नीसियन ग्राहकहरुका घरमै गई यो सुविधा प्रदान गर्नेछन् । यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टस् मा ५० प्रतिशतसम्म छुटका साथै नयाँ एलजीको एसी खरिद गर्दा १८ प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको कम्पनीले जनाएको छ । साथै ग्राहकले नयाँ एसीमा ४००० बराबरको फ्री इन्स्टलेशन पनि पाउनेछन् । नयाँ एलजीको एसीहरुमा १० वर्षको इन्भर्टर कम्प्रेसर वारेण्टी रहेको कम्पनीले जनाएको छ ।
SHARE YOUR THOUGHTS