![](https://internal.appharu.com/wp-content/uploads/2024/03/dipesh-pun-768x439.jpg)
काठमाडौं । काठमाडौंको टोखाबाट पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा दीपेश पुनलाई भैरहवा लगिएको छ ।
रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पुर्जी जारी भएका उनलाई आजै जहाजमार्फत भैरहवा पठाएको प्रहरीले जनाएको छ ।
रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा उनको पनि संलग्न देखिएको छ ।
उनीविरुद्ध सुन तस्करीमा संलग्न भएको आरोप समेत लागेको छ ।
SHARE YOUR THOUGHTS