कामना सेवा विकास बैंकले युवालाई बुझायो वित्तीय साक्षरताको महत्व « Eglish Khabarhub

कामना सेवा विकास बैंकले युवालाई बुझायो वित्तीय साक्षरताको महत्व



काठमाडौं । कामना सेवा विकास बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व वित्तीय सप्ताहको अवसरमा किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारे वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

बैंकले अमलटारी, पोखरामा इको टुरिजम कृषि समुह तथा इको टुरिजम युथ क्लबको सहर्कायमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा क्लबका अध्यक्ष तथा क्लबका ४० जना भन्दा बढी सदस्यहरुको सहभागीतामा बैंकका कवासोती शाखा प्रमुख हरि प्रसाद सापकोटा तथा डण्डा शाखा प्रमुख टिकाराम अधिकारीले प्रस्तुतिकरण गरे ।

बैंकङ्ग सुविधा, बचत, ऋण तथा विभिन्न किसिमका डिजिटल कारोवारको जानकारी होस् भन्ने हेतुले उतm कार्यक्रम गरिएको थियो । बैंकहरुले यस्ता वित्तीय साक्षरता कार्यक्रम गर्नाले बचत, ऋण तथा बैंकिङ कारोवारको बारेमा थप जानकारी प्राप्त गर्न सकेकोले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरुको भनाइ रहेको थियो ।

हाल बैंकले १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरेको जनाएको छ ।

Publish on: