दिमागमा चिप लगाइएका व्यक्तिले सोचेकै भरमा एक्समा गरे पोस्ट « Eglish Khabarhub

दिमागमा चिप लगाइएका व्यक्तिले सोचेकै भरमा एक्समा गरे पोस्ट



एजेन्सी । दिमागमा न्यूरोचिप लगाइएका पहिलो व्यक्तिले सोचेकै भरमा सामाजिक सञ्जालको माध्यम एक्समा पोस्ट गरेका छन्।

अर्बपति एलन मस्कको कम्पनी न्यूरोलिंकले पहिलो पटक दिमागमा चिप राखेको बिरामी नोलेन्ड आर्बाघले सामाजिक सञ्जाल एक्समा सोचेरै पोस्ट गरेका हुन् ।

मस्कको कम्पनीले यहि वर्ष जनवरीमा यी व्यक्तिको दिमागमा साइबरनेटिक इम्प्लान्ट गरेर न्यूरोलिंकको चिप लगाएको थियो । करिब ८ वर्ष अघि एक दुर्घटनाका कारण शरिर प्यारालाइसिसको शिकार भएको थियो ।

नोलेन्डले सामाजिक सञ्जालमा लेखेको पोस्टमा आफूलाई एक रोबोट सम्झिएर प्रतिबन्ध पनि गरेको बताएका छन् । उनले लेखेका छन, ‘तर, मस्क र एक्सले मलाई पुनः एक पटक अनुमति दिए, किनकी म बट नै हुँ ।’ उनले यस्तो मजाक गर्दै बताएका हुन् ।

नोलेन्डको पोस्ट सेयर गर्दै मस्कले भने न्यूरोलिंक टेलिप्याथी उपकरणको सहायताले पहिलो पोस्ट गरिएको बताएका छन् ।
यीनै व्यक्तिले केही दिनअघि दिमागले सोचेरै गेम खेलेका थिए । एक भिडियो सार्वजनिक गर्दै न्यूरोलिंक कम्पनीले उनले गेम दिमागले सोचेरै खेलेको बताइएको थियो ।

Publish on: